कांग्रेसले सरकारको पछिल्लो गतिविधीको भण्डाफोर गर्ने

फाल्गुन ११, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको पछिल्लो गतिविधीको भण्डाफोर गर्न अन्य दलहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ । 

छाया सरकारको विहान बसेको बैठकमा वर्तमान सरकारले बहुमतका आडमा देशमा भ्रष्टाचार, महंगी, आर्थिक अनियमितता बढाई अनिर्णयको बन्दी बनाएको भन्दै अन्य दलहरुसंग छलफल गरेर सरकारको विरुद्धमा अघि बढ्ने निर्णय गरेको सचेतक पुस्पा भुसालले जानकारी दिनुभयो । 

 बैठकमा विभिन्न मन्त्रालयका संयोजकहरुले आआफ्नो मन्त्रालयका बारेमा जानकारी गराएका थिए । बैठकमा सरकारको दुई वर्षे कार्यकाल मन्त्रालयका गतिविधी लगायतका बारेमा समिक्षा भएको थियो । बैठकमा आगामी संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमापनि छलफल भएको सचेतक भुसालले बताउनुभयो ।

 कांग्रेसले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कमिसन सम्वन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि संसद अबरुद्ध गरेको थियो । सरकारका कामकारबाहीको निगरानी गर्ने उद्धेश्यले कंग्रेसले गत जेठ ६ गते छाँया सरकार गठन गरेको थियो ।


प्रतिक्रिया