दुर्घटनामा ३ जनाको मृत्यु

फाल्गुन १२, २०७६ | ललितपुर

ललितपुरको बालकुमारीमा मोटरसाइकल सडक किनारको रेलिङमा विहान ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि काठमाडौंको लाजिम्पाट बस्ने ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार सोही उमेरकी ललिता राईको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनिहरुको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोटेश्वरबाट ग्वार्कोतर्फ जादै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल आकाशेपुल नजिकैको रेलिङमा विहान सवा ४ बजे ठोकिएको थियो ।

यस्तै भक्तपुर नगरपालिका ९ च्यामासिंहमा हिजो साँझ ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । बा ३ क ३५८८ नम्बरको ट्रकले ठक्कर दिदा कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको हो ।


प्रतिक्रिया