नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ

फाल्गुन २५, २०७६ | वीरगन्ज

नक्कली नेपाली नागरिकता बनाउने एक पूर्व गाविस सचिवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीको क्राइम ब्रान्च टोलीले विहान वीरगन्ज महानगरपालिका १६ भिस्वा स्थित पूर्व गाविस सचिव बिन्दा साहको घरमा छापामारी ४ दर्जन भन्दा बढी नागरिकता बरामद गरेको छ ।

 नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूचि फारम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्डअधिकारी कार्यालयको फारम समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । 

पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले नक्कली नागरिकता बनाउने एकजना शंकास्पद पक्राउ परेको बताउनुभयो । । साहलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ । साहकै ३ वटा नागरिकता बरामद भएका छन् । 

पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हँदा साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिनाको मुद्दा दर्ता गरेको थियो । 

अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका साहले २ वर्ष अगाडि मात्र कैद सजाय काटेर छुटेको बताउनुभयो ।  


प्रतिक्रिया