आबुखैरेनीमा बस दुर्घटना, तीन जनाको मृत्यु (अपडेट)

चैत्र ९, २०७६ | गोरखा

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । 

ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।

पोखराबाट दाङतर्फ जादै गरेको ना ५ ख ४२९४ नम्वरको बस सडकबाट झण्डै एकसय मिटर तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये गम्भिर अवस्थामा रहेका ३ जनालाई चितवनको भरतपुर रिफर गरिएको छ र अन्यको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया