तत्काल राहत प्याकेज ल्याउन सरकारसँग कांग्रेसको माग

चैत्र १४, २०७६ | काठमाडौं

– नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज विज्ञप्ती जारी गरी दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पुर्‍याएको भन्दै उनीहरुलाई न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभएको हो । यस्तै न्युन आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा संघीय राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । 

२० लाख रुपैयाँसम्म ऋण लिएका सना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन पनि कांग्रेसले माग गरेको छ । ठूला व्यवसायीको ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि कम्तीमा ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन पनि कांग्रेसले सरकार समक्ष अपिल गरेको छ ।  


प्रतिक्रिया