भारतमा थप आठ नेपालीमा कोरोना संक्रमण

चैत्र २८, २०७६ | नयाँदिल्ली

भारत मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका अधिकांश सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै भारतमा कोरोना भाइरस संक्रमित नेपाली संख्या १२ पुगेको छ । 

सुदूरपश्चिमको अछाम मूल घरका उनीहरु कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारको दुई दाजुभाई, श्रीमतीहरु र चारजना छोराछोरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पारिवारिक श्रोतले कान्तिपुरलाई बनाएअनुसार शुरुमा सामान्य ज्वरो आउने समस्या देखिएपछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

परिबारका जेठो सदस्यले भाईलाई अस्पताल लैजाने र ल्याउने गरेकाले शंका लागेर परीक्षण गराउँदा आफूमा पनि कोरोना संक्रमण देखिएको बताए । उनले भने– शुरुमा भाईमा देखियो त्यसपछि त मलाई पनि शंका लाग्यो मेरो रिपोर्टपनि पोजेटिभ देखीयो । त्यसपछि सबै परिवारको परिक्षण गरिएको उनले बताए । 

११ जनाको परिवारमा अन्य ३ जनामा भने सक्रमण नदेखीएको उनले बताए । संक्रमितमध्ये एक जनालाई पिब्लुडी अँधेरीको गेष्टहाउसको आइसोलेशनमा र सातजनालाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको सहकर्मी सुरेशराज न्यौपानेले बताएका छन् ।

यसअघि दक्षिण भारतको बैंग्लोरको बस्दै आएको एक नेपाली दम्पतीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । 


प्रतिक्रिया