जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा आबद्द १० खेलाडीमा कोरोनाको संक्रमण

वैशाख २३, २०७७ | काठमाडौं

जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा आबद्द १० खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । जर्मन फुटबल लिगले हिजो शीर्ष दुई डिभिजनमा आबद्द खेलाडी र स्टाफहरु गरी १ हजार ७ सय २४ जनामा कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । 

यसै साता शीर्ष डिभिजनको क्लब कोलोन्गमा आबद्द ३ जनालाई कोरोनासंक्रमण देखिएको थियो । उनीहरुलाई आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बीबीसीले उल्लेख गरेको छ । कोरोनाको कारण जर्मन लिग स्थगित गरिएको छ ।

जर्मन फुटबलले यसै महिनाबाट लिग सुचारु गर्ने तयारी गरेको छ । यदि यसो भएमा कोरोनापछि लिग पुन: शुरु गर्ने जर्मनी यूरोपको पहिलो राष्ट्र हुनेछ । यसअघि मे ९ मा शुरु गरिने भनिएको लिग सरकारी निर्णयमा भएको ढिलाइले २३ मे सम्मबाट शुरु हुने सम्भावना छ ।  


प्रतिक्रिया