५८ वटा शव गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न सम्बन्धित परिवारबाट सहमति प्राप्त

जेष्ठ १०, २०७७ | काठमाडौं

वैदेशिक रोजगारीमा गएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न सम्बन्धित परिवारबाट सहमति प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार जारी बन्दाबन्दीका कारण विभिन्न मुलुकमा १ सय ४९ शवहरू अलपत्र अवस्थामा रहेका छन् । जसमध्ये सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शवहरु अन्त्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको छ । अहिले ४२ वटा शवहरू अलपत्र अवस्थामा रहेका छन् ।

संयुक्त अरब इमिरेट्स् युएईमा ४६ वटा शवमध्ये ३२ वटा शवको सम्बन्धित देशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ । त्यहाँ १४ वटा शव अलपत्र अवस्थामा छन् । मलेसियामा अलपत्र ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ भने ४२ शव अलपत्र अवस्थामा छन् । कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ । ३५ शवहरु अलपत्र अवस्थामा छन् । कुवेतमा ११ शव अलपत्र अवस्थामा छन् । बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ । २ वटा शव अलपत्र अवस्थामा छन् । 

 त्यस्तै टर्की र ओमानमा १/१ वटा शव अलपत्र अवस्थामा रहेको छ । बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्दा हुँदा शव तत्काल स्वदेश ल्याउन नसक्ने भएपछि वैदेशिक रोजगार बोर्डले मृतकको सम्बन्धित देशमै अन्त्येष्टि गर्न चाहने परिवारहरूका लागि सहजीकरण गरिरहेको श्रेष्ठले बताउनुभयो । शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहानेले केही समय कुनुपर्ने उहाँको भनाई छ । सहमति प्राप्त भएका परिवारले ५० हजार राहत स्वरुप प्रदान गरिने श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया