सांसदलाई दिने पैसा स्वास्थ्यमा खर्चियौँ : कांग्रेस सांसद

जेष्ठ १३, २०७७ | पोखरा

गण्डकी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सांसदलाई दिदै आएको रकम रोक्न माग गरेको छ । बैठकमा बोल्दै कांग्रेस सांसद भागवत प्रकाश मल्लले सांसदलाई दिइने रकम आगामी बर्ष नदिन माग गर्नुभयो । मल्लले सांसदको लागि दिइने रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाव दिनुभयो । 

बैठकको शुन्य समयमा बोल्दै मल्लले विश्व नै संकटमा परेको समयमा सांसदको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम कटौटी गर्दै स्वास्थ्य संचना र स्रोत सधानमा जोड दिन आग्रह गर्नुभयो । बैठकमा कोरोना भाइरसको जोखिम कम गर्ने विषयमा सांसदहरुले आआफ्नो धारणा राखेका थिए । यसैबीच: बैठकले वातावरण संरक्षण गर्न बनेको विधेयक पारित भएको छ । 

गत पुष २४ गते प्रदेशसभामा सैद्धान्तिक छलफल भएको सो विधेयक दफावार छलफलको लागि सोही दिनै विधायन समितिमा पठाइएको थियो । विद्ययक बहुमतले पारित भएको हो ।  


प्रतिक्रिया