गुल्मीका पालिका प्रमुखहरु ‘होम क्वरेन्टाइन’मा

जेष्ठ १३, २०७७ | गुल्मी

गाउँपालिका अध्यक्षमा नै कोभिड–१९ संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख र तिनका सवारी चालक होम क्वारेन्टाइनमा बसेका छन् । जिल्ला स्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् । प्रदेश प्रयोगशाला भैरहवामा हिजो भएको परिक्षणमा धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना पोजेटिभ देखिएको थियो । 

उनीसहित गुल्मीका १० वटा स्थानीय तहका प्रमुख र २ वटा स्थानीय तहका उपप्रमुखहरु आइतवार समन्वय समितिले आह्वान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सबैको पीसीआर परिक्षण तयारी भइरहेकाले त्यसको रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताउनुभयो ।


प्रतिक्रिया