कर्णालीका ५ जिल्लामा संक्रमण

जेष्ठ १८, २०७७ | काठमाडौं

कर्णालीका ५ जिल्लामा कोरोना संक्रमण देखिएको छ । आइतबार बिहानसम्म १ सय ५ जना संक्रमित पुष्टि भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रबार र शनिबार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु सल्यानका २५, दैलेखका १५, कालीकोटका १७ र सुर्खेतका १ रहेका छन् । हालसम्म दैलेखमा ३१ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १७ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ ।

सुदुरपश्चिमको बाजुरा र बझाङमा देखिएका एकएक जना संक्रमितको पनि कर्णालीमै उपचाररत छन् ।


प्रतिक्रिया