विश्वभर कोरोनाबाट १ सय २१ नेपालीको मृत्यु

जेष्ठ १८, २०७७ | काठमाडौं

नेपाल वाहिर विभिन्न मुलुकमा गरी कोरोना संक्रमणबाट हालसम्म १ सय २१ जना नेपालीको मृत्यु भएको छ । ३४ मुलुकमा गरी १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता मात्रै थप ७ नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । 

यस्तै, युएईमा १९ जना नेपालीले ज्यान गुमाएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो । अमेरिकामा, साउदी अरबमा ८, बहराइनमा ३, कुवेतमा २ तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, र स्वीडेनमा १/१ जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच विदेशस्थित नेपालीलाई स्वदेश फर्काउन संघले सरकारलाई सघाउने भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभयो । 


प्रतिक्रिया