बजेटसँग सम्वन्धित तीन वटै विधेयक प्रतिनिधि सभामा पेश

जेष्ठ १९, २०७७ | काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित तीन वटै विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको आजको पहिलो बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेटसँग सम्वन्धित विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २४औं संशोधन विधेयक पेश गर्नुभएको हो । आजै भएको दोस्रो बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बजेटले जनताका समस्या सम्वोधन गर्न नसक्ने बताएका थिए । 

सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले विगतदेखिका आयोजनालाई पूरा गर्नुपर्ने र कोरोना भाइरसका कारण सिर्जना हुन सक्ने समस्यालाई ध्यानमा राखेर ल्याएकाले बजेटले जनताको माग सम्वोधन गर्ने बताउनुभयो । विनियोजन विधेयक प्रतिनिधि सभाको आजको बैठकको बहुमतले स्वीकृत गरेको छ । विनियोजन विधेयक अन्तर्गतको मन्त्रालयगत एजेन्डामाथि प्रतिनिधि सभाको आगामी शुक्रबार विहान ११ बजे बस्ने बैठकबाट छलफल सुरु गर्ने संघीय संसद सचिवालयको तयारी छ । 


प्रतिक्रिया