सुनसरीमा थप ७ जनामा कोरोना संक्रमण

जेष्ठ २१, २०७७ | सुनसरी

सुनसरीमा थप सात जनामा कोभिड १९ संक्रमण देखिएको छ । संक्रमित सवै भोक्राहा गाउपालिकाका बासिन्दा हुन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा सात जनामा कोभिड १९ संक्रमण देखिएको हो । संक्रमण देखिएका सवै भारतबाट फर्केका युवाहरु हुन् । करिव दुइसाता अघि भारतको गुजरातबाट आएका युवाहरुको समुहलाई भोक्राहा गाउपालिकाको क्वारेन्टाइनमा राखिएाको थियो । 


प्रतिक्रिया