बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

जेष्ठ २१, २०७७ | बुटवल

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट आज थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

निको भएका उनीहरूमध्ये ३ जना कपिलवस्तुका र एक जना अर्घाखांची घर भएका कोरोना विशेष अस्पताल बुटवलमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । वैशाख २९ गते अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताउनुभयो । 

सो अस्पतालबाट यसअघि १५ जना डिस्चार्ज भएका थिए । अस्पतालमा अहिले ३० जना जनरल वार्ड र ३ जना आइसीयूमा उपचाररत रहेको थापाले बताउनुभयो ।   


प्रतिक्रिया