कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, संक्रमित २३०० पुगे

जेष्ठ २१, २०७७ | काठमाडौं

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

पक्षघात भई काठमाडौंको सिनामंगल काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमण देखिएका ७३ बर्षीय वृद्धको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप उपचार भइरहेको क्रममा मृत्यु भएको हो ।

आज एकै दिन २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या पनि २ हजार ३ सय पुगेको छ । हालसम्म २ हजार १ सय ३० पुरुष र १ सय ७० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७, दैलेखका १, सल्यानका ३ , मोरंङ र झापाका २/२, तेह्रथुमका १ र सुनसरीका ८ जना छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौा मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८, रौटहटका ११, रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका डा. देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार २४ घण्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।


प्रतिक्रिया