कृषि उत्पादन बजारसम्म नपुगेको विषयमा संसदीय समितिको चासो

जेष्ठ २२, २०७७ | काठमाडौं

लकडाउनका कारण कृषि फसल बजारसम्म पुग्न नसकेको र खाद्यान्न मौज्दातको विषयमा छलफल गर्न प्रतिनिधि सभाको कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिले सरकारलाई बोलाएको छ । 

विहान ११ बजे बस्ने बैठकमा छलफलका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल र गृहमन्त्री रामबहादुर थापालाई बोलाएको समिति सचिवालयले जनाएको छ ।

 कोरोना भाइरस सर्ने डरले कृषकले लगाएको कृषि उत्पादन पछिल्लो समय नष्ट गरेको विषयमा छलफल गर्न सरोकारवाला मन्त्रीलाई बोलाएको समिति सचिव उदय भण्डारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी तथा जनप्रतिनिधिकै रोहबरमा कृषकको उत्पादन नष्ट गरी आयातित सामाग्री उपभोक्ताको घरघर पुग्ने गरेको गुनासो बढेपछि खाद्यान्नको संञ्चिती र कृषकको बनोबल बढाउन तरकारी आपूर्ति सहज बनाउने विषय बैठकको एजेन्डा बनाएको भण्डारीले बताउनुभयो । 


प्रतिक्रिया