पछिल्लो तीन दिनमा झण्डै एक हजार जनामा संक्रमण, १३ जनाको मृत्यु

जेष्ठ २४, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो तीन दिनमा मात्र झण्डै १ हजार कोरोना सक्रमित थपिएका छन् । आज एकै दिन ३ सय २३ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसंगै नेपालमा कुल सक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । सक्रमित मध्ये ३ हजार ३ पुरुष र २ सय ३२ महिला छन् । सक्रमितमध्ये ३ सय ६५ जना डिस्चार्ज भएका छन् । 

सक्रमणका कारण थप २ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय डोल्पा र कैलालीमा एकएक जनाको मृत्यु भएपछि कोरोना सक्रमणका कारण मृत्यु भएकाको संख्या १३ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । डोल्पामा ५८ वर्षिय पुरुष र कैलालीमा ५५ वर्षिया महिलाको कोरोना सक्रमणका कारण मृत्यु भएको हो । दुबैको मृत्यु पश्चात गरिएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अस्ति बिहीबार हालसम्मकै सर्वाधिक ३ सय ३४ जनामा सक्रमण पुष्टि भएको थियो । हिजो २ सय ७८ र आज ३ सय २३ जनामा सक्रमण देखिएको हो । पछिल्लो ३ दिनमा मात्र नेपालमा ९ सय ३५ जनामा सक्रमण पुष्टि भएको हो । आज डोल्पा र जाजरकोट थपिएसंगै नेपालमा कोरोना सक्रमित जिल्लाको संख्या पनि ७० पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा बढि २ नम्बर प्रदेशमा १ हजार ७७ जनामा सक्रमण देखिएको छ । सो प्रदेशका सवै आठवटै जिल्लामा सक्रमण देखिएकमो हो । 

प्रदेश ५ का ११ जिल्लामा १ हजार ६१, कर्णाली प्रदेशका ९ जिल्लामा ५ सय ७९ र प्रदेश एकका १२ जिल्लामा २ सय ४९ जनामा सक्रमण पुष्टि भएको छ । 

सुदुरपश्चिमका ९ जिल्लामा १ सय ६, बाग्मती प्रदेशका १२ जिल्लामा ९० र गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जनामा सक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म ९२ हजार ४ सय ७७ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । आरडीटी बिधिद्धारा १ लाख ३७ हजार ४ सय ३५ जनाको परिक्षण भएको छ । मुलुकका बिभिन्न जिल्लाका रहेका क्वारेन्टीनमा १ लाख ६८ हजार ६१ जना राखीएको प्रबक्ता देवकोटाले जानकारी दिनुभयो ।  


प्रतिक्रिया