आफ्नो घर आउन चाहने सबैलाई फिर्ता ल्याउ : कांग्रेस

जेष्ठ २४, २०७७ | काठमाडौं

नेपाली कांग्रेसले विदेशमा कठिन अवस्थाको सामना गरिरहेका सबै नेपालीलाई स्वदेश फर्काउन माग गरेको छ । कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले विज्ञप्ती जारी गर्दै स्वदेश फर्कन चाहने सबै नेपालीलाई स्वदेश फर्काउन माग गरेको हो । 

समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराईद्धारा बिज्ञप्तीमा भनिएको छ, विदेशका जुकसुकै कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होईन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना सरकारले बनाउनु पर्छ ।

विभागले यसअघि पनि सरकारलाई यो बिषय जानकारी गराउँदै आएको थियो । कांग्रेसले २५ हजार नेपालीलाई स्वदेश ल्याउन सरकारले थालेको प्रयासलाई सकारात्मक कदम भएको जनाएको छ । आफ्ना नागरिक ल्याउन तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न उसले सरकारलाई सुझाएको छ । 

स्वदेश ल्याउने व्यक्तिको पीसीआर विधिबाट परीक्षण गरी विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था गर्न पनि कांग्रेसको माग छ । विदेशमा रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले वा सम्वन्धित मुलुकका सरकारसंग कुटनीतिक पहल गरी तत्काल नेपाल फर्काउन कांग्रेसले आग्रह गरेको हो ।  


प्रतिक्रिया