लकडाउनको मोडालिटी परिवर्तनका लागि छलफल शुरु

जेष्ठ २४, २०७७ | काठमाडौं

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्न छलफल थालेको छ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवस्थामा केही सहजता ल्याउने बारे छलफल शुरु गरेको हो । 

आर्थिक त्रियाकलाप, बैकिङ क्षेत्र, कृषि तथा अस्पताल लगायत अत्यावश्यकीय सेवामा क्रमिक रुपमा सहजता ल्याउन छलफल अगाडी बढेको जानकारी दिनुभयो । पहिलो चरणमा समितिमा कार्ययोजना मस्यौदा तयार भएर छलफल भएको उहाँको भनाई छ ।

लामो समयदेखिको लकडाउनका कारण सम्पूर्ण सामाजिक तथा आर्थिक गतिविधि ठप्पप्राय: रहदा यसले दीर्घकालीन समस्या निम्तन सक्ने भन्दै आवश्यक सावधानी अपनाई क्रमिक रुपमा अवस्था सहज बनाउन चौतर्फी दवाव बढेपछि सरकारले यसबारे छलफल अघि बढाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा र गृहमन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै बन्दाबन्दीको अवस्थालाई केही सहजता बनाउने बिडारीको भनाई छ । थप छलफल गरी यसबारे चाडै निर्णय गरिने उहाँको भनाई छ । 


प्रतिक्रिया