कोदालो प्रहार गरेर ५ जनाको हत्या (अपडेट)

 तस्बिर : घनश्याम गौतम, रेडियो कान्तिपुर ।

जेष्ठ २७, २०७७ | रुपन्देही

रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर एक दम्पत्तिसहित ५ जनाको हत्या गरेका छन् । 

गंगादेवी पशुफार्ममा कार्यरत ४० बर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ बर्षीया जानकी मुसहर, १४ बर्षीय पोखराज मुसहर तथा १७ बर्षका करण चौधरी र आशिष चौधरीको गएराती हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेम थापाले जानकारी दिनुभयो । 

प्रहरीले हत्या आरोपित सुर्खेतका झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको छ । उनले सोही फार्ममा बस्दै आएका आफ्नै सहकर्मीको हत्या गरी तन्नामा पोको पारेर राखेको एसपी थापाले बताउनुभयो । 

प्रहरीले घटनास्थलबाट ५ जनाकै शव उठाएर पोस्टमार्टमका लागि अस्पताल लगेको छ । 



प्रतिक्रिया