चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

जेष्ठ २७, २०७७ | चितवन

कोरोना संक्रमण देखिएका चितवनका एक वृद्धको आज बिहान मृत्यु भएको छ । भरतपुरको एक निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धमा हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो ।

 संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै भरतपुर अस्पतालको आइसोलेसनमा लगिएको थियो । गम्भिर अवस्थामा भरतपुर ल्याइएका उनको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले बताउनुभयो । 

उनमा मधुमेहका साथै रक्तचापको पनि समस्या थियो । पछिल्लो समय उनमा निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

उनको मृत्यु बारेमा अस्पतालले छिट्टै औपचारिक विवरणसहित जानकारी सार्वजनिक गर्ने तयारी गरेको डा.तिवारीले बताउनुभयो । 

संक्रमण देखिएपछि नीजि अस्पतालले हतार गरेर सरकारी अस्पतालमा पठाउने क्रममा आवश्यक सावधानीहरु पनि नअपनाएको चिकित्सकहरुको आरोप छ । हिजो मात्रै चितवनमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 


प्रतिक्रिया