चितवनमा थप आठ जनामा संक्रमण पुष्टि

जेष्ठ ३०, २०७७ | भरतपुर

भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा चितवनका थप आठजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रयोगशालाको पनि व्यवस्थापन सम्हालेको भरतपुर अस्पतालले उनीहरु आठैजना माडी नगरपालिकाको क्वारेन्टाइनमा बसेका पुरुषहरु रहेको जनाएको छ । जेठ २८ र २९ गते प्राप्त भएका १ सय ९७ वटा नमुना परीक्षण गर्दा आठजनामा संक्रमण पत्ता लागेको हो ।

माडीमा यसअघि पनि ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

योसहित चितवनमा कुल संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये एकजना ६८ वर्षीय वृद्धको ज्यान गएको छ ।  


प्रतिक्रिया