एकै दिन ६ सय ७१ कोरोनाका नयाँ सक्रमित थपिए

असार ४, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमितका नयाँ बिरामी थपिएका छन् । यो नेपालमा एकै दिन संक्रमण देखिएको हालसम्मकै उच्च संख्या हो । यसअघि हिजो ५ सय ८६ जनामा सक्रमण पुष्टि भएको थियो । 

मुलुकभरका बिभिन्न २२ स्थानको प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ९१ पुरुष र ८० जना महिलामा सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सक्रमणका कारण पछिल्लो २४ घण्टा थप २ जनाको मृत्यु भएको डा. गैतमको भनाई छ । योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

आज काठमाण्डौ उपत्यकामा थप ६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा सक्रमीत भएका मध्ये १९ जना स्वास्थ्य लाभपछि घर फर्किएका छन् । योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । उनीहरुमध्ये १ हजार ७२ पुरुष र १ सय १४ जना महिला रहेको प्रवक्ता डा गौतमले बताउनुुभयो । 

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको पिसीआर बिधिबाट परिक्षण गरिएको छ । त्यस्तै आरडीटी बिधिबाट ९ हजार ५ सय ३२ जनाको परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १ लाख ५५ हजार ५ सय १८ जनाको पिसीआर बिधिद्धारा तथा २ लाख ४५ हजार ७५ जनाको आरडीटी विधिद्वारा कोरोनाको परिक्षण गरिएको छ । मुलुकका बिभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा १ लाख १६ हजार २ सय १५ व्यक्ति रहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया