गोरखा क्याम्पसको आइसोलेसन निर्माणले पुर्णता नपाउदा संक्रमित क्वारेन्टाइनमै

 तस्बिर : हरिराम उप्रेती, रेडियो कान्तिपुर ।

असार ४, २०७७ | गोरखा

–विहिबार ११ जना थपिएका कोरोना संक्रमितलाई ब्यवस्थापनमा समस्या भएको छ । गोरखा अस्पतालमा २४ वेड क्षमताको आइसोलेसन कक्ष गत मंगलबार भरिएको छ । विहिबार थपिएका कोरोना संक्रमितलाई राख्ने आइसोलेसन कक्ष तयार नहुदाँ साझ सम्म उनिहरु सम्वन्धित स्थानीय तहको क्वारेन्टाइनमै छन् । आज(विहिबार) पालुङटार नगरपालिकामा सात र शहिद लखन गाउपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ ।

गोरखा क्याम्पस आइसोलेसन साझ सम्म तयार हुने जानकारी आएकाले भोली शुक्रबार संक्रमितलाई सदरमुकाम पठाउने तयारी गरिएको पालुङटार नगरपालिकाका मेयर दिपक वावु कडेलले बताउनुभयो । नगर क्षेत्रमा आइसोलेसन नहुदा गोरखा क्याम्पस पठाउनुको विकल्प नरहेको उहाको भनाई छ । 

शहिद लखन गाउपालिकाले पनि संक्रमितलाई आज क्वारेन्टाइनमा राखेर भोलि मात्र सदरमुकाम स्थित गोरखा क्याम्पसको आइसोलेसनमा पठाउने तयारी गरेको छ । यी दुवै स्थानीय तहले संक्रमित पठाउने भनेको गोरखा क्याम्पसको आइसोलेसन भने निर्माणाधिन छ । 

गत जेष्ठ २६ गतेको सर्वपक्षिय वैठकले गोरखा क्याम्पसमा १०० वेड क्षमताको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । तर डेड साता वित्दा सम्म १० वेड मात्र तयार गरिएको छ । संक्रमित थपिएपछि आज वल्ल खानेपानी शौचालय लगायतको ब्यवस्थापनको काम शुरु भएको छ । आज थप १५ वेड तयार हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । 

गोरखा क्याम्पसमा क्रमश सय वेड क्षमताको आइसोलेसन निर्माण गर्ने उहाको भनाइ छ । आज सााझ सम्म सक्रमितलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउने संभावना न्यून रहेको प्रजिअ पौडेल पनि स्वीकार गर्नुभयो ।

आइसोलेसन निर्माणमा सरोकारवालाको ढिलासुस्तीले संक्रमित भने समस्यामा परेका छन् । क्वारेन्टाइनमा वसेका अन्य सग संसग नहोस भनेर हाल वसिरहेको क्वारेन्टाइनको छुट्टै कक्षमा संक्रमितलाई राख्ने तयारी भएको सम्वन्धित स्थानीय तहले बताएका छन् । 


प्रतिक्रिया