जर्मनीमा पुन : लकडाउन

असार ९, २०७७

– जर्मनीको नर्थ राईन वास्टफेलियास्थित मासु प्याकिङ गर्ने १ कम्पनीमा पुन: कोरोना संक्रमण देखिएपछि स्थानीय क्षेत्रमा लकडाउन शुरु भएको छ । नर्थ राईन वास्टफेलियामा रहेको टोनिज कम्पिनीमा कार्यरत १५ सय कामदारमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्थानीय अधिकारीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

गुर्टस्लो जिल्लामा रहेका ३ लाख ६० हजार नागरिक लाई लक्षित गरेर निवारणका सवै उपाय अवलम्वन गरिने प्रान्तिय गर्भनर अर्मिन लास्चेटको भनाई छ । जर्मनीमा गत मे मा लकडाउन खुकुलो पारिएपछि पहिलो पटक यति ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण नियन्त्रणमा भएको भन्दै प्रशंसा भईरहका बेला पुन: संक्रमित भेटिएपछि चिन्ता व्यक्त गरिएको छ । 


प्रतिक्रिया