गण्डकीमा थप १ सय ४ जनालाई कोरोना संक्रमण

असार १०, २०७७ | पोखरा

गण्डकी प्रदेशका विभिन्न ७ जिल्लामा थप १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपुरमा ३८, पर्वतमा २१, गोरखामा १८, स्याङ्जामा १३, कास्कीमा ७, वाग्लुङमा ६ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोदविन्दु शर्माले कोरोना संक्रमित सवै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा पुर्‍याउने कार्य जारी रहेको बताउनुभयो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । गण्डकीमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया