गण्डकीमा थप ३२ लाई देखियो कोरोना

असार १०, २०७७ | पोखरा

गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा गरी आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा बाग्लुङका ९, स्याङ्जाका ७, लमजुङका ५, कास्कीका ५, नवलपरासीका ३ तथा पर्वत, गोरखा र तनहुँका १/१ जना गरी ३२ जनामा कोभिड १९ पोजेटीभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमित सवै जनालाई सम्बन्धीत जिल्लाको आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । 

आज थपिएका ३२ जनासंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । गण्डकीमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया