मेडिकल कलेजमा संक्रमण प्रमाणित व्यक्तिको भरतपुर अस्पतालमा निधन

असार १३, २०७७ | चितवन

भरतपुरमा रहेको चितवन मेडिकल कलेज सीएमसीमा कोरोना भाइरसको संक्रमण देखिएका एकजना व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । 

कैलाली गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय पुरुषलाई गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै सीएमसीले उनलाई सरकारी अस्पताल पठाएको थियो । 

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले आज बिहान ती व्यक्तिको निधन भएको जानकारी दिनुभयो । बिहान ७ बजे मृत्यु भएका उनमा फोक्सोको क्यान्सर अन्तिम चरणमा रहेको डा.अधिकारीको भनाई थियो ।

उपचारका क्रममा भरतपुरमा निधन भएको यी कोरोना संक्रमित दोस्रो व्यक्ति हुन् । यसअघि भरतपुरकै निजी अस्पतालमा उपचारका क्रममा गत जेठ २७ गते एक जना बृद्धको मृत्यु भएको थियो । 


प्रतिक्रिया