गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

असार १३, २०७७ | पोखरा

गण्डकी प्रदेशका विभिन्न ३ जिल्ला र कर्णली प्रदेशको सल्यानमा थप एक जना सहित ३५ जनामा कोरोना पोजेटीभ देखिएको छ । 

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको वडीगाड गाउँपालिकामा ६ जना, बाग्लुङ नगरपालिकामा १७ जना, काठेखोला गाउँपालिकामा ४ गरी २७ जनामा कोरोना देखिएको हो । यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकाका २, भानु नगरपालिकाका ३, व्यास नगरपालिकाका १ र पर्वतको कुश्मा नगरपालिकाका १ जनामा कोरोना पोजेटीभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ८ सय ८८ पुगेको छ ।

यस्तै कर्णाली प्रदेश अन्तर्गत सल्यानको बागचौर नगरपालिकाककी एक २६ बर्षियालाई कोरोना पोजेटीभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज मात्र गण्डकीमा विहान ७ बजेर १५ मिनेट जादाको रिर्पोटमा ३२ जनालाई कोरोना पोजेटीभ देखिएको थियो । साँझ सवा ५ बजे १६ जना र राति ८ बजेको रिर्पोटमा ३४ जनामा कोरोना पोजेटीभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीका अनुसार१ सय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन भने कोरोनाबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना स्याङ्जाका हुन् ।


प्रतिक्रिया