गण्डकीमा थप १७ जनामा कोरोना पोजेटिभ

असार १६, २०७७ | पोखरा

गण्डकी प्रदेशका ४ जिल्लामा थप १७ जनामा आज विहान कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ११ पुरुष र ६ महिलामा संक्रमण देखिएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ८, तनहुँमा ५, लमजुङमा ३ र स्याङ्जामा १ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

संक्रमित सवैलाई सम्बन्धीत जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । २ सय १४ जनाले भने स्वास्थ्य लाभ गरी घर फर्किएको शर्माले बताउनुभयो । 


प्रतिक्रिया