प्रधानमन्त्री ओलीको सर्मथनमा भक्तपुरमा प्रर्दशन

 तस्बिर : लीला श्रेष्ठ, रेडियो कान्तिपुर ।

असार १९, २०७७ | भक्तपुर

प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा आज प्रर्दशन गरेका छन् । देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै युवाहरुले सूर्यविनायक चोकमा प्रर्दशन गरेका हुन् । सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।

उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरा सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको बताएका थिए ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।   


प्रतिक्रिया