गुरु पूर्णिमा मनाइँदै

असार २१, २०७७ | काठमाडौं

आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा मनाउने गरिन्छ । 

आजको दिनलाई व्यास जयन्ती समेत भनिन्छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ सरल र सहज रुपमा लेखी हिन्दु संस्कृतिलाई ठूलो योगदान दिएको धार्मिक विश्वास छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र गुरु को अर्थ प्रकाश भन्ने हुन्छ, अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । गुरुलाई धर्मशास्त्रले ब्रहमा, विष्णु र महेश्वर र माता पिताको रुपमा समेत वर्णन गरेको छ । 

यसअघि गुरु पूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने चलन भएपनि यसपटक भने कोरोना कहरका कारण ती सबै कार्यक्रम नहुने भएका छन् ।   


प्रतिक्रिया