रिपोर्ट नआउँदै घर पठाएका युवाको मृत्यु

असार २१, २०७७ | बागलुङ

बागलुङमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवाको गएराति मृत्यु भएको छ । फोक्सोको समस्या भएका निसीखोला गाउँपालिका २ का २९ बर्षका युवालाई छोरेगाउँ माबि क्वारेन्टाइनमा राखिएको थियो । 

निसीखोला घर भएका उनलाई ससुराली रहेको ढोरपाटन नगरपालिका वडा नं. ४ पठाइएको थियो । उनी केही दिन ससुराली स्थित घरमै बसेको वडा अध्यक्ष तिलक पुनले बताउनुभयो । 

मृतकको परिवारका ५ जनाको स्वाब संकलन गरेर पठाएकोमा तीन जनाको नेगेटिम रिपोर्ट आइसकेको छ । उनको र एक बालकको भने रिपोर्ट आउन बाँकी छ । 


प्रतिक्रिया