आठबीसकोट घटनाको छानबिन थालियो

असार २४, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको आठबीस कोटमा एक महिलामाथि निर्घात कुटपिट गरेको घटनाको छानबिन थालिएको छ । आठबीसकोट नगरपालिका–९, राडीस्थित नगरपालिका परिसरमै भएको घटनाको छानबिन सुरु गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय र नगरपालिकाले छुट्टा–छुट्टै सूचना जारी गरेर सामाजिक सञ्जालमा आएको भिडियो र त्यससँग सम्बन्धित व्यक्ति उपर छानबिन प्रक्रिया थालिएको जनाएका छन् । गएराति सामाजिक सञ्जाल तथा यूट्युवमार्फत एक जना महिलालाई नेपाल प्रहरी र नगर प्रहरीले कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

 जाजरकोट जिल्लाबाट राडीतर्फ आउने क्रममा ति महिलाले हेल्थ डेस्कमा बसेकी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उल्टै गाली,व्यइजती गरेपछि महिला नगर प्रहरीको सहयोगमा ति महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर नियन्त्रणमा लिने क्रममा कुटपिट गरेको दृश्य सार्वजनिक भएपछि भने आवश्यक छानविन थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । प्रारम्भिक घटनाको क्रममा गत जेठ १ गते सो घटना भएको डिएसपी केसीको भनाई छ ।    


प्रतिक्रिया