६० प्रतिशत बढी कोरोना संक्रमित डिस्चार्ज भएको सरकारको दाबी

असार २९, २०७७ | काठमाडौं

– पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोभिड १९ बाट संक्रमित भएका डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यो संख्या १० हजार २ सय ९४ अथवा कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत रहेको बताउनुभयो । 

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मूलुकमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

महोत्तरी, रौतहट, कैलाली र बाजुरामा भने अझै ५ सय बन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा प्रयोग भएका स्वास्थ्यजन्य फोहरमैला तथा सामग्रीको उचित व्यवस्थापनका लागि पनि मन्त्रालयले आग्रह गरेको छ ।

काठमाण्डौंमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेकाले भिडभाड हुने विभिन्न स्थानमा नमूना संकलन गरीरहेको पनि मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया