वीरगञ्जमा मृतक युवतीमा कोरोना पुष्टि

श्रावण २१, २०७७ | वीरगञ्ज

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकी पर्साकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएकी पोखरिया नगरपालिका– ९ निवासी १८ बर्षीया युवतीमा कोभिड १९ पोजेटिभ देखिएको हो । 

नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । 

अस्ती सोमबार ती युवतीलाई पटक पटक वान्ता भएपछि अस्पताल लगिएको थियो । साउन यता मात्रै पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 


प्रतिक्रिया