गण्डकीमा १० जना कोरोना संक्रमित थपिए

श्रावण ३१, २०७७ | काठमाडौं

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । पोखरास्थित क्षयरोग उपाचार केन्द्रमा गरिएको परीक्षणअनुसार थप ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण देखिएको हो ।

 पोखराका ३, तनहुँको भानु नगरपालिका र बाग्लुङका २/२ तथा गोरखा, स्याङ्गजाको पुतलीबजार र नवलपरासीका मध्यविन्दु नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशलायनका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताउनुभयो । 


प्रतिक्रिया