काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

भाद्र २, २०७७ | काठमाडौं

काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखको मंगलबार राति सकिएको संयुक्त बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निधेषज्ञामा सर्वसाधारणको आवतजावतलाई पूर्ण रोक लगाउने निर्णय बैठकले गरेको छ । 

अन्त्यावश्क कामले बाहिर निस्कनु परे अनिवार्य मास्कको प्रयोत तथा भौतिक दुरी कामम गर्नुपर्नेछ । यस्तै सार्वजनिक सवारी समेत सञ्चालन हुने छैनन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवाका सवारी भन सञ्चालन गर्न पाइने छ । 

अत्यावश्यक सेवाका कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन् । होटेल, रेष्टुरेन्ट पनि सञ्चालनमा पनि रोक लगाईएको छ । 


प्रतिक्रिया