विभिन्न ९ ब्राण्डका स्यानिटाईटर बिक्रिमा प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७७ | काठमाडौं

सरकारले विषाक्त रसायन मिसिएका बिभिन्न ९ ब्राण्डका स्यानिटाईटर विक्रि वितरणमा रोक लगाएको छ । बजारमा बिक्रि हुँदै आएका ती स्यानिटाईजरमा मापदण्ड विपरितका समिश्रण पाईएको भन्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधी ब्यबस्था विभागले बिक्रि वितरणमा रोक लगाएको हो ।

बजारमा बिक्रिमा राखिएका ती स्यानिटाईजरको नमुना परिक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर र नकरात्मक असर पार्ने समिश्रण पाईएको विभागले जनाएको छ । हेण्ड स्यानिटाईटर सम्बन्धी स्तर २०७६ को मापदण्ड विपरितका त्यस्ता वस्तुको विक्रि वितरण समेत तत्काल रोक्न विभागले सरोकारवालामा अनुरोध गरेको छ । नेपालका ८ र भारतका एक कम्पनीले उत्पादन गरेका स्यानिटाईटरमा यस्तो समिश्रण पाईएको विभागले जारी गरेको सुचनामा उल्लेख छ ।

भारतको साभिका कस्मे स्युटिकल्ससँगै नेपालका कालिका सोप एण्ड केमिकल्स प्राली, आर केमिकल एण्ड प्याकेजिङ र कुमकुम हर्बल ईन्ड्रटिजका समान २ ब्राण्ड तथा ओम आरोग्य हेल्थ केयर र साधना सप्लायर्सका एक एक ब्राण्डमाथी प्रतिबन्ध लगाईएको हो । विभागले यी ब्राण्डका स्यानिटाईटरको प्रयोग नगर्न पनि सर्वसाधारणमा अपिल गरेको छ ।  


प्रतिक्रिया