लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण पुष्टि

आश्विन २३, २०७७ | बुटवल

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको द्रुत स्वाव परिक्षणमा उहाँलाई कोरोना पुष्टि भएको सभामुख पत्नी सीता आचार्यले बताउनभुयो । उहालाई रातिदेखि ज्वरो आएको थियो । सिटामोल खादा पनि ज्वरो नबस्ने र सरीर पनि कमजोर हुदै गएपछि दिउँसो २ बजे उहाँ परिक्षणकालागि लुुम्बिनी प्रादेशिक अस्पताल पुग्नुभएको थियो ।

दिउसो ४ बजे आएको नतिजामा कोरोना पुष्टि भएको सभामुखपत्नी आचार्यले बताउनुभयो । सभामुख अहिले निवास रामनगरको आइसोलेसनमा हुनुहुन्छ । सभामुखमा कोरोना देखिएपछि निवास र सचिवालयका अन्य कर्मचारीको पनि पीसीआर परिक्षण गरिएको छ । अरुको भने नतिजा नआएको सभामुखको निजी सचिवालयले जनाएको छ । 

शुक्रबार दिउसो मात्रै प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा कोरोना पुष्टि भएको छ । 


प्रतिक्रिया