शुक्रबार थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन ३०, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मूलुकभर कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौामा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।


प्रतिक्रिया