शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक १, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मूलुकभर कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ । काठमाण्डौं उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जना संक्रमित देखिएका हुन् ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७ सय ३७ पुगेको जानकारी दिनुभयो । त्यसैगरी २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६ सय ५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५ सय ३१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय १५ जना रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय २८ पुगेको छ ।


प्रतिक्रिया