कोरोना संक्रमणविरुद्ध स्वास्थ्य मापदण्ड कार्यान्वयन चुनौतीपूर्ण

कार्तिक २, २०७७ | काठमाडौं

कोरोना संक्रमण दर उच्च भएसँगै सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । अनिवार्य कन्ट्याक ट्रेसिङ, होम आईसोलेसनमा अपनाउनुपर्ने सावधानी, लगायतका स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न कठिनाई भएको हो ।

एकै घरका अधिकांश सदस्यलाई संक्रमण पुष्टि हुन थालेपछि एकान्तवासको नियम उल्लंघन गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ सरकार आफैले लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्न आग्रह गरेको छ । जसका कारण लक्षण नदेखिएकाले पछिल्लो समय पीसीआर परीक्षण गरेका छैनन् । यसले संक्रमण झनै बढाउने जनस्वास्थ्य विद्हरु बताउँछन् ।

दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएपनि सर्वसाधारणमा कोरोना संक्रमण विरुद्धको गतिविधिमा समेत बेवास्ता बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले चाडपर्वका बेलामा नागरिकले सचेतना नअपनाए अवस्था गम्भिर बन्ने चेतावनी दिनुभयो ।

उता कोरोना परीक्षणका लागि आवश्यक किटको अभाव भएको भन्दै अधिकांश स्थानीय तहका जनप्रतिनिधिले लक्षण भएका व्यक्तिलाई सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन् । जुन स्वास्थ्य मापदण्ड विपरित छ । स्वास्थ्य संस्था तथा पर्याप्त आइशोलेसन र क्वारेन्टिनस्थलको नभएका कारण व्यक्ति स्वयं सचेत हुनु पर्ने नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुले बताउनुभयो । 


प्रतिक्रिया