सोमबार थप ३ हजार ७९० जनामा कोरोना पुष्टि

कार्तिक ३, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । 

हालसम्म क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ४ सय ७० जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।


प्रतिक्रिया