मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि

कार्तिक ४, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा एक हजार ७ सय २ सहित मुलुकभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जना संक्रमित थपिएका छन् । योसँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७ सय ५५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टिनमा ४ हजार २ सय २० जना रहेका छन् । 

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । 


प्रतिक्रिया