बिहीबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक ६, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३ , ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १२ जना संक्रमित देखिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १ सय ५२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७ सय ५१ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको हुनेको १ लाख २ हजार ८ सय २० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिनुभयो । 


प्रतिक्रिया