प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

कार्तिक ७, २०७७ | काठमाडौं

कूटनीतिक मर्यादा लत्याउँदै भारतीय बाह्य गुप्तचर विभाग रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुखसँग भेट गरेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

शुक्रबार अपराह्न ४ बजेर २५ मिनेटमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सीमा विवाद समाधानका लागि पटक–पटकको आग्रहलाई भारतले बेवास्ता गरिरहेकै सन्र्दभमा ओलीले बुधबार साँझ रअ प्रमुख सामन्त गोयलसँग भेट गर्नुभएको थियो । 

सीमा विवादबारे राजनीतिक तहमा छलफल र वार्ता हुनुपर्नेमा अपारदर्शी रुपमा भारतीय गुप्तचर प्रमुखलाई भेटेको भनेर अहिले ओलीको आलोचना भईरहेको छ । 

यस्तै, लक्षित वर्ग बाहेकका कोरोना संक्रमितको उपचार सशुल्क गर्ने सरकारको निर्णयको पनि आलोचना भईरहेको छ । प्रधानमन्त्रीको सम्बोधनमा यी विषय पनि समेटिने अनुमान गरिएको छ ।  


प्रतिक्रिया