संक्रिय संक्रमितको संख्यामा १७ हजार ८ सयमा झर्‍यो

मंसिर ९, २०७७ | काठमाडौं

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्यामा उल्लेख्य वृद्धि भएसँगै संक्रिय संक्रमितको संख्यामा कमी आएको छ । संक्रमण पुष्टि हुनेको तुलनामा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । 

कार्तिक ७ गते ४६ हजार ६ सय ९१ जना रहेको सो संख्या एक महिनाको अवधिमा घटेर मंगलबार १७ हजार ८ सय ५९ मा घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् । 

योसँगै नेपालमा निको हुनेको २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । यो कुल संक्रमितको ९१ प्रतिशत हो । संक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइशोलेसनमा र ११ हजार ३ सय ३५ जना संस्थागत आइशोलेशनमा छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४३ जनाको पीसीआर भएको छ । १ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६ सय ९२, भक्तपुरमा ६५ र ललितपुरमा १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

विभिन्न अस्पतालमा ३ सय ९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्य्ु भएको छ । योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ । 


प्रतिक्रिया