लुम्बिनी मेडिकल कलेजमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

मंसिर १७, २०७७ | पाल्पा

पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका ३८ बर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ बर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । 

 पाल्पा बगनासकालीका पुरुषलाई गत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषमा भने मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

योसँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । 


प्रतिक्रिया